बुधबार, वैशाख १७, २०८२

२५ वर्षदेखि फरार अभियुक्त काभ्रेबाट पक्राउ

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

Metro Mart
worldlink

काठमाडौं- काभ्रेबाट २५ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। 

जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो।

प्रकाशित: Apr 10, 2023| 20:33 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्