बुधबार, वैशाख १७, २०८२

४२ टन चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

नवलपरासी- सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा बढी चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले करिब ४२ टन चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरूमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ३८४१ नम्बरको ट्रक बर्दघाटस्थितबाट र लु२ख९० नम्बरको ट्रक बर्दघाटको चिसापानीस्थित गाडी ग्यारेजबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।

प्रकाशित: Apr 10, 2023| 19:28 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्