बुधबार, वैशाख १७, २०८२

समिटको बदमासीबारे संसद्‍मा प्रश्न

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- ललितपुरको कुपण्डोलमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण स्थानीयबासी पीडित भएको भन्दै सांसदहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। त्यति ठूलो संरचना निर्माण गर्दा पनि नक्सा  पास नगरिएको र वातारणीय प्रभाव मूल्यांकन समेत नगरिएको भन्दै सांसदहरुले सरकारलाई प्रश्नसमेत गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा राप्रपाकी सांसद रोशन कार्कीले कुपण्डोल हाइटमा मापदण्डविपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न माग गरिन्। उनले गत वर्षको सरकारी निर्णयका कारण यस्तो भएको दाबी गरिन्।

'गत शुक्रबार ललितपुरको कुपण्डोलमा केही घर भासिए। कुनै भुइँचालोले थिएन। गत वर्षको सरकारको निर्णयले त्यो भएको थियो। अपार्टमेन्ट बनाउन नक्सासमेत पेस भएन। वातावरण प्रभाव मूल्यांकन नै भएन। यसबाट क-कसलाई फाइदा भयो? नेपालको कानुन तोड्न सरकार र मन्त्रीको मिलेमतोमा यो अवस्था आएको हो,' उनले भनिन्। त्यहाँका निर्माणकर्ताले सरकारलाई नै प्रभावित पार्न सक्ने सांसद कार्कीले बताइन्। 'त्यहाँ महानगरपालिकाले समिति बनाएको छ तर त्यतिले मात्र हुँदैन,' उनले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पनि उक्त भवन निर्माणमा संलग्नलाई कारबाही गर्न माग गरे। उनले यति ठूलो भवन बन्दा समेत महानगरले कुनै चासो नदिएको भन्दै आपत्ति जनाए। 'जनताले एउटा टहरा बनाउँदा समेत खोज्ने महानगरले १६ तले भनवको बानाउँदा समेत के हेरेर बस्यो? आम नागरिकको उठीबास हुने अवस्था छ। यो घटनानको छानबिन होस्‚' शाहले भने।

नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरी समूहका अध्यक्ष विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा अपार्टमेन्ट होटल बन्न लागेको हो। यही संरचनाका लागि जग खन्दा गत शुक्रबार राति वरपरको जमिन र घर भासिएको थियो।

Metro Mart
worldlink

प्रकाशित: Apr 10, 2023| 14:13 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्