बुधबार, वैशाख १७, २०८२

कैलालीमा सुत्केरी र बच्चाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित एक सुत्केरी महिलाको मृत्यु भएको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित एक सुत्केरी महिलाको मृत्यु भएको छ। आइतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका-२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको हो। डाक्टरको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

स्थानीयले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन्। चैत १८ गते सुत्केरी मिति भए पनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन्। उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरूले चासो नदिएको बताइन्। 

उनले सुत्केरीलाई ज्वरो आउने र सास फेर्न अफ्ठ्यारो हुने भएपछि मात्रै स्वास्थ्यकर्मीले चासो दिनेगरेको बताइन्। 

तर अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताए।

प्रकाशित: Apr 10, 2023| 13:52 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्