मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सिंहदरबारसँगै राष्ट्रपति भवन र मन्त्री क्वार्टरको पनि उठाएन महानगरले फोहोर 

सिंहदरबारसँगै राष्ट्रपति भवन र मन्त्री क्वार्टरको पनि उठाएन महानगरले फोहोर 

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए। सोहीअनुसार हिजोदेखि फोहोर नउठेको हो।

आज बिहान पनि मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा अनायासै गरिएको निर्णय नभएको बताएका थिए। सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको तस्बिरसहित लामो स्टाटस लेखेर उनले फोहोर नउठाउनुको कारणबारे प्रस्टीकरण दिएका हुन्।
 

प्रकाशित: Apr 10, 2023| 12:50 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्