बुधबार, वैशाख १७, २०८२

समिट प्रकरण : छानबिन गर्न समिति, एक करोडको राहत कोष

समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ। ललितपुर महानगरपालिकाले उपमेयरको संयोजकत्वमा समिति गठन गरेको हो।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

ललितपुर- समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ। ललितपुर महानगरपालिकाले उपमेयरको संयोजकत्वमा समिति गठन गरेको हो।

शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटल बनाउने क्रममा वरिपरिको जग्गा भासिएपछि महानगरले छानबिन गर्न उपमेयर मन्जिला शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडितका तर्फबाट तीन जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन्। समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको छ।

यसका साथै अपार्टमेन्ट निर्माण गर्ने कम्पनी, ललितपुर महानगरका प्रतिनिधि र पीडितबीचको त्रिपक्षीय बैठकले तत्काल एक करोड रुपैयाँ राखे‍र कोष बनाउने निर्णयसमेत गरेको छ। उनीहरूबीच आवश्यकता अनुसार राहत दिने सहमति भएको छ।

बैठकमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी, एनई ग्रुपका प्रमुख रविभक्त श्रेष्ठ, सञ्जय मानन्धरसहित चार जनाले प्रभावितको तत्काल बसोबासको प्रबन्ध, भासिएको ग्रीनविच होटलका कामदारको खाना र बासको प्रबन्ध, चर्किएको र भत्किएको घरको मर्मत र बनाउने जिम्मा सम्बन्धित कम्पनीको हुने सहमति भएको छ।

Metro Mart
worldlink

अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पुर्‍याउन थालेको थियो। स्थानीयले उक्त कामले आफ्नो घरमा क्षति पुर्‍याइरहेको बताउँदै निर्माण पक्षको ध्यानाकर्षण पनि गराएका थिए। तर, निर्माण पक्षले ध्यान नदिँदा उक्त क्षेत्रमा शुक्रबार राति ठूलो भौतिक क्षति भएको हो।

अपार्टमेन्ट र होटलको नक्सा पाससमेत नगरेको र वातावरण प्रभाव सम्बन्धी अध्ययन समेत नगराएको देखिएपछि तत्काल निर्माणको काम रोक्न महानगरले निर्देशन दिएको छ।

 

प्रकाशित: Apr 10, 2023| 11:38 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्