मंगलबार, असार ३, २०८२

धनगढी लेडी जेसिजले मनायो स्थापना दिवस

धनगढी लेडी जेसिजले स्थापना दिवस मनाएको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- धनगढी लेडी जेसिजले स्थापना दिवस मनाएको छ।

धनगढी लेडी जेसिजको १०औं स्थापना दिवस मनाइएको हो। धनगढी लेडी जेसिज वर्ष २०२३ की अध्यक्ष जेसि सरिता साउँदको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ओझा भट्ट प्रमुख अतिथि रहेकी थिइन्। स्थापना दिवसको अवसरमा दिप प्रज्ज्वलनसहित केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको थियो।

कार्यक्रममा धनगढी लेडी जेसिज वर्ष २०२२ कि अध्यक्ष जेसी सरस्वती खडका भट्ट कानुनी सल्लाहकार जेसि सुशिला निरौला,कार्यकारी उपाध्यक्ष जेसी निता चौधरी, उपाध्यक्ष मिना राना, स्मृती झा, शोभा गुरुङ, कञ्चन कठायतलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Apr 10, 2023| 10:46 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्