बुधबार, वैशाख १७, २०८२

तीन जनाको साथबाट १ सय १८ किलो चरेस र तीन किलो गाँजा बरामद

प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषधसहित चरेस र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

पर्सा- प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषधसहित चरेस र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 

पटेर्वासुगौली गाउँपालिका-५ देउरियास्थित प्रदेशी राउत थारुको घरबाट आइतबार साँझ पौने ५ बजेको समयमा ११८ किलो चरेस र ४ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

राउतको घरमा लागूऔषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १ सय १८ किलो लागूऔषध चरेस र ४ किलो गाँजा फेला परेको थियो।

लागूऔषध ओसारपसार तथा किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी ६० वर्षीय प्रदेशी राउत थारु, मकवानपुर राक्सिराङ गाउँपालिका–८ का ३५ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका–८ का २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ गरेको छ।

प्रकाशित: Apr 10, 2023| 10:38 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्