मंगलबार, असार ३, २०८२

कम्प्युटर अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले ज्ञवालीलाई दोषी ठहर गरेको हो। ज्ञवालीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वैशाख २०७७ मा मुद्दा दायर गरेको थियो।

ज्ञवालीले बढुवा हुने क्रममा पेस गरेको भारतीय शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो। उनको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाणपत्र पेस गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय (प्राविधिक) पदबाट सहायकस्तर प्रथम तह (नासु) कम्प्युटर अपरेटर र अधिकृत छैठौं (प्राविधिक) कम्प्युटर अधिकृत पदमा गरी दुईपटकसम्म बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

प्रकाशित: Apr 10, 2023| 09:10 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्