सोमबार, जेठ १३, २०८२

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

पर्साको इलाका प्रहरी कार्यालय ठोरीले प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- पर्साको इलाका प्रहरी कार्यालय ठोरीले प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ।

इप्रकाबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका–२ हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै शंकास्पद रूपमा सेतो बोरा बोकी आउँदै गरेका बेला चेकजाँच गर्दा गाँजा फेला परेको हो।

चितवनको लोथर नगरपालिका–९ बस्ने ५७ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई बोराको तलासी लिँदा रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा ६१ किलोग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

गाँजासहित तामाङलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

साथै, पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागूऔषध चरेश छ भन्ने गोप्य सूचनाको आधारमा कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही समेतको संयुक्त प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ।

राउतको घर तथा टहरा समेतमा खानतलासी गर्दा लुकाइछिपाई राखिएको प्रतिबन्धित लागूऔषध चरेश ११८ किलोग्राम र गाँजा ४ किलोग्राम फेला परेको हुँदा लागूऔषध, ओसारपसार तथा किनबेच समेतमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा ६० वर्षीय प्रदेशी राउत थारु, मकवानपुरको रक्सीराङ गाउँपालिका–८ बस्ने ३८ वर्षीय रमेश मोक्तान, मकवानपुरकै मनहरी गाउँपालिका–६ बस्ने २५ वर्षीय रोशन मोक्तान रहेका छन्। 

प्रकाशित: Apr 10, 2023| 08:37 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्