बुधबार, वैशाख १७, २०८२

नक्कली प्रमाणपत्र पेस गरेर ३५ वर्ष अध्यापन

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गरेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गरेको छ।

बाँकेको कम्दी–७ पदमपुरमा रहेको शहीद स्मारक माध्यमिक विद्यालयका तत्कालीन शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो। विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यादवलाई दोषी ठहर गरेका हुन्। दोषी ठहर भएका यादवलाई सजाय निर्धारण गर्न भने बाँकी रहेको छ।

यादवले प्रावि तहको शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलेको थियो। उनले प्राथमिक शिक्षकका रूपमा २६ कात्तिक २०४१ सालमा गते नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेस गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

अनुसन्धान क्रममा यादवले नक्कली प्रमाणपत्र पेस गरी २६ कात्तिक २०४१ साल प्राथमिक शिक्षकका रूपमा नियुक्ति लिई २९ २०७६ सालसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको माग दाबी गरिएको थियो।
 

प्रकाशित: Apr 10, 2023| 07:55 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्