मंगलबार, असार ३, २०८२

देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षा हुने भएको छ। तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो। 
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- देशका केही भागमा आज वर्षा हुने भएको छ। तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

विभागले जनाएअनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

पछिल्लो केही समययता देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

प्रकाशित: Apr 10, 2023| 06:18 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्