मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • समिट अपार्टमेन्ट पीडितका लागि १ करोडको कोष बनाउनेलगायत १२ बुँदे सहमति

समिट अपार्टमेन्ट पीडितका लागि १ करोडको कोष बनाउनेलगायत १२ बुँदे सहमति

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- समिट अपार्टमेन्ट निर्माणको क्रममा शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ।

अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको थियो। त्यहाँ बन्दै गरेको समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटलका कारण वरपरका घरमा क्षति पुगेको हो। वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन्। सो निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरू एक तला जति भासिएका छन्। 

अपार्टमेन्टका व्यस्थापक निर्माण चौधरीसहित चार जनाले प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्न र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्न सहमति भएको छ। 

यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएको छ। 

sumit1681047286.jpgsumit21681047286.jpg

प्रकाशित: Apr 09, 2023| 19:18 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्