मंगलबार, असार ३, २०८२

सामाजिक सञ्जालबाट ६० लाख ठग्ने समातिए

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई साथी बन्न सन्देश पठाएपछि उक्त अनुरोधलाई स्वीकार गरी वार्तालाप गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गरेकोले विभिन्न बैंक खाताहरुबाट बैंक खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वत मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो ।

उनी उपर सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित: Apr 09, 2023| 17:43 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्