बुधबार, वैशाख १७, २०८२

सुक्न थाले प्राकृतिक जलाशय, पानीको हाहाकार हुने चिन्ता

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

गण्डकी- सयौं वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ।

पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो। कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन्।

भएका कुँवा तथा पँधेरा गाउँ भन्दा धेरै तल हुँदा पानी गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई २०६७ सालपछि भने केही राहत भएको थियो। त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हुँडिकोटमा पानी ट्याङ्की राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका थिए।

पावनडाँडा छबिसे सामुदायिक वनमार्फत केही सहयोग एवम् स्थानीयवासीको जनसहभागितामा यस क्षेत्रकै पहिलो लिफ्टििङ खानेपानी सञ्चालन गरिएको थियो। पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ पर्ने गरेको पावनडाँडा छविसे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए।

विगतमा भन्दा आधा नै पानी घटेको जानकारी दिँदै उनले उक्त पानीलाई एक सय ३१ घरधुरीले दैनिक रुपमा उपयोग गर्दै आएको बताए। पानी घटेसँगै स्थानीयवासीले त्यसको कारणबारे खोजी गरेको र त्यस क्रममा नजिकै केही पानीको स्रोत फेला परेपछि पाइपमार्फत मूल ट्याङ्कीमा मिसाइएको उनले जानकारी दिए।

Metro Mart
worldlink

बर्सेनि पानीको समस्या बढ्दै गएका अवस्थामा कृस्ती, निर्मलपोखरी, भरतपोखरी सहलगानी खानेपानी आयोजनाको काम पनि सुस्तगतिमा हुँदा थप चिन्तित बनाएको स्थानीयवासी बताउँछन्। उक्त आयोजनाका लागि चार/पाँचवर्ष अघि नै प्रतिघर १५/१५ हजार रुपैयाँका दरले स्थानीयवासीले रकम बुझाएको भए पनि त्यसको काम सुस्तगतिमा बढेको उनीहरूको गुनासो छ।

प्रकाशित: Apr 10, 2023| 05:05 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्