बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजनाको डुबेर ज्यान गयो

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजनाको डुबेर ज्यान गयो

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पाँचजनाको मृत्यु भएको छ भने तीनजनाको पानीमा डुबेर ज्यान गएको छ।

प्रहरीका अनुसार लमजुङको दोर्दी गाउँपालिका-६ ताजे आउखेतस्थित सडकमा ना.७ त ५०३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली कौसिपुर नगरपालिका-७ बस्ने ३० वर्षीय अम्मर सिंह डगौराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अन्य २ जना घाइतेलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-४ तिनकुने चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल सवारी साधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

धादिङको गल्छी गाउँपालिका-७ बाईस किल्लास्थित सडकमा बा.२ ख ९९०८ नम्बरको माईक्रोबसको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका-७ बस्ने ७५ वर्षीया सुकमाया मिजारको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो। माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-११ मेनचोकस्थित सडकमा मे.१ ख २१८४ नम्बरको ट्रकले प्र.१-०५-००१ प ६१५९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ बस्ने ४३ वर्षीय तारणी मगरको घट्नास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart
worldlink

मोरङको विराटनगर महानगरपालिका-४ नेपाल आयल निगमस्थित सडकमा बा.१-०२५ च ५४४६ नम्बरको कारले प्र.१-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका-४ बस्ने ४५ वर्षीय शिव कुमार गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
सल्यानको छत्रेश्‍वरी गाउँपालिका-१ दमाचौरस्थित वोर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रलाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। फाईबर लाईन बिस्तार गर्नको लागि विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दिर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु
ललितपुर महानगरपालिका-२२ बुग्मती दक्षिणकालीस्थित इटाभट्टाको पानी पोखरीमा डुबेर सोही ठाउँ बस्ने बारा घर भएका सुरेश गोलेको छोरा ३ वर्षीय सुरज गोलेको शनिबार दिउँसो मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ बस्ने नाठुराम पासीको छोरा ८ वर्षीय अनुरोज पासीको जानकी गाउँपालिका-३ रामुवापुरस्थित पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ गोपिने चौरस्थित स्वीमिङ पुलमा डुबेर तनहुँ
भानु नगरपालिका-३ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने ३३ वर्षीय अशोक गुरुङको गएराति मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

लडेर मृत्यु

बझाङको बुंगल नगरपालिका-४ घट्टेभिट्टा बस्ने ४५ वर्षीय बिर्ख गुरधामीको शनिबार साँझ घरबाट पानी घट्ट जाने क्रममा घट्टेभिट्टा भिरबाट लेडर मृत्यु भएको छ।

झापाको बिर्तामोड नगरपालिका-३ नबदय शिक्षा सदन अंग्रेजी बोर्डिङ स्कुलको भवनमा काम गर्ने क्रममा भवनको २ तला माथिबाट लडेर बाह्रदर्शी गाउँपालिका-५ डाँगीबारी बस्ने ४१ वर्षीय सुरज किस्कुको मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा हुँदै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 09, 2023| 14:46 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्