बुधबार, वैशाख १७, २०८२

अवैध लागूऔषधसहित पाँच पक्राउ

लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ। धनुषा, लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मिनिया चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्रामसहित मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीय सन्त बहादुर दोङ्गलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ४२५१ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक सन्त बहादुरलाई पक्राउ गरेको हो।

पर्सा, ठोरी गाउँपालिका-२ ढेरु खोलाबाट अवैध लागूऔषध गाँजा ६१ किलोग्रामसहित चितवन लोथर बस्ने ५७ वर्षीय राम बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठोरीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ७/८ जना व्यक्तिहरू भाग्ने क्रममा उनीहरूमध्ये तामाङलाई ८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ।  

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा दमक नगरपालिका-१ घर भएका ३४ वर्षीय पूर्ण बहादुर लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ, ५ तोला बराबरको सुनको जस्तो देखिने पहेंलो धातुको सिक्री, ब्रास्लेट, औंठी, मोबाइल १ थान र नगद १७ हजार ७ सय ४० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, भजनी नगरपालिका-५ कौवाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बर्दगोरीया गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपेन्द्र बोहरा समेत दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी पगियापासारबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४१ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।       

Metro Mart
worldlink

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 09, 2023| 12:24 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्