काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन लागेको लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।
यसअघि दुईपटक तोकिएको पेसी लगातार स्थगित भएका थिए। गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो।
मुद्दा प्राथमिकतामा राखिएकाले आइतबार नै सुनुवाइ हुने सम्भावना रहेको छ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई ९ पुसमा २० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएका थिए।
१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलमा लगेर पटक-पटक बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।