बुधबार, वैशाख १७, २०८२

सडक सुरक्षा सचेतता कार्यक्रममा ६८६ जना चालक सहभागी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले  शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ‍६८६ जना चालकहरू सहभागी भएका छन्। 
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले  शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ‍६८६ जना चालकहरू सहभागी भएका छन्। 

आज गरिएको  सडक सचेतता कार्यक्रममा कालिमाटीमा १५० जना,  कमलविनायकमा ११० जना, नगरकोटमा ६० जना, सातदोबाटोमा ५७ जना, थापाथलीमा ४८ जना, सोह्रखुट्टेमा ४० जना, साँखु र कीर्तिपुरमा ३०.३० जना, नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५.२५ जना, फर्पिङमा २० जना, काँडाघारीमा १७ जना, कमलपोखरीमा १५ जना र टोखामा ९ जना गरी ६८६ जना चालकहरू सहभागी भएका हुन्।

कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागूऔषध सेवन र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो। त्यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले 'सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको' बताए।

प्रकाशित: Apr 09, 2023| 09:13 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्