बुधबार, वैशाख १७, २०८२

पौने तीन लाख नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाहीबाट नक्कली नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

सर्लाही- सर्लाहीबाट नक्कली नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो।  

बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार पक्राउ रायका साथबाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रकाशित: Apr 09, 2023| 07:25 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्