बुधबार, वैशाख १७, २०८२

कांग्रेस पूर्वकेन्द्रीय सदस्य तुम्बाहाम्फेको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ। वि.सं. २०१५ को आमनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर–२६, धनकुटाबाट निर्वाचित तुम्बाहाम्फेको शुक्रबार राति निधन भएको हो।

पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक बीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य रहेका तुम्बाहाम्फेले कांग्रेसको संगठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी तुम्बाहाम्फेको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताए।

तुम्बाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने जनाएको छ।

स्वर्गारोहणको १३औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गरिने मुख्यसचिव पौडेलले बताए।

Metro Mart
worldlink

तुम्बाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। “नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद तुम्बाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ। उहाँले कांग्रेसको संगठन निर्माण र  प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान पार्टीमा सदा स्मरणीय रहनेछ,” सभापति देउवाले भनेका छन्।

सभापति देउवाले स्व. तुम्बाहाम्फेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथ उनको शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। रासस

प्रकाशित: Apr 09, 2023| 06:16 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्