बुधबार, वैशाख १७, २०८२

रामेछाप कारागारका कैदी बन्दीको मृत्यु

झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

रामेछाप- झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो।

रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो।

उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे। उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए।

मृतक दमाईलाई कर्तव्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो। उनको शुक्रबार निधन भएको हो।

प्रकाशित: Apr 08, 2023| 13:39 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्