मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • योगदानकर्तालाई सुविधा दिन देशभरका ४४ अस्पतालसँग कोषको सम्झौता

योगदानकर्तालाई सुविधा दिन देशभरका ४४ अस्पतालसँग कोषको सम्झौता

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सुविधा दिने उद्देश्यले मुलुकभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। कोषले उपचारपछि योगदानकर्तालाई कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो।

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।

अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए।

नियमित योगदान गर्ने योगदानकर्ताले कोसी र मधेसका नौ/नौ, बागमतीका २०, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सक्नेछन्।

गत १ फागुन यता देशभरका विभिन्न १५ अस्पतालसँग अनलाइन सम्झौता भएको कोषले जनाएको छ। सम्झौता भएका अस्पतालबाट मात्र औषधोपचारबापतको सुविधा भुक्तानी हुनेछ।

Metro Mart
worldlink

त्यसबाहेक कोषमा सूचीकृत कुनै पनि अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने उनले बताए। आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने कोषको प्रतिबद्धता छ।

कोषले योगदानकर्तालाई औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना गरी चार प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Apr 08, 2023| 20:30 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्