मंगलबार, असार ३, २०८२

गैरआवासीय नेपाली संघमा कार्यभार हस्तान्तरण

रविना थापाले ६ महिना कार्यकारी संघ अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन्।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ। एक वर्षअघि भएको संघको १०औं महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो।

महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन्।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले ६ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए। कार्यकारी अध्यक्ष डा केसीले ६ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा संघको ११औं महाधिवेशन गर्नुपर्ने तालिका रहेको छ।

कार्यक्रममा अध्यक्ष केसीले आगामी ६ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए। अध्यक्ष थापाले विगत ६ महिनामा भए गरेका कामबारे अवगत गराएका थियो भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औं महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा संघका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, संघका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र संघलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा लैजान सबैको सहयोगको अपेक्षा गरे।

सन् २००३ मा स्थापित संघले २० वर्षमा रचनात्मक काम गरेको छ। हालसम्म विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन्।

प्रकाशित: Apr 08, 2023| 12:43 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्