बुधबार, वैशाख १७, २०८२

मोटरसाइकको ठक्करबाट तीन विद्यार्थी घाइते

दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

Metro Mart
worldlink

दार्चुला- दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका-८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक महाकाली नगरपालिका-४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 08, 2023| 07:33 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्