बुधबार, वैशाख १७, २०८२

भोलि हुने कार्यक्रममा सहभागी हुन हनी सिंह काठमाडौं आइपुगे  

 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- भारतीय गायक  हनी सिंह नेपाल आइपुगेका छन्। सिंह चैत २५ गते ( अप्रिल ८, शनिबार) बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन आज काठमाडौँ आइपुगेका हुन्। युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए। 'धेरै समयदेखि नेपालमा कार्यक्रम गर्ने योजना रहे पनि यसपटक सफल भएको छ,' विमानस्थलमा आयोजकसँगै कुरा  गर्दै उनले भनेका छन्, 'भोलि हुने कार्यक्रमका लागि एकदमै उत्साहित भइरहेको छु।'

नेपाल भारतको छिमेकी मुलुक भएकाले आफूलाई धेरै मनपर्ने सिंहले बताए। 'सांगीतिक कार्यक्रमले एकआपसमा जोड्न सहयोग पुर्याउने र संगीतले सबैलाई जोड्न सक्ने सन्देश प्रवाह गर्न आएको हुँ,' उनले सुनाए।  

युनिफाइले ह्यात रिजेन्सीमा हुने कार्यक्रमको पूर्ण रुपमा तयारी भइसकेको जानकारी दिएको छ। कार्यक्रमको  टिकट मूल्य १५ सय, २५ र ६ हजार रुपैयाँ रहेको छ। ६ हजारको टिकटमा कम्प्लिमेन्ट्री स्वरूप गिफ्ट उपलब्ध हुनेछ।

ह्यातमा हुने सिंहको कार्यक्रमको अन्तिम तयारी सकिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए। ‘साधारण टिकटको १ हजार ५ सय माथि र भीआइपी टिकटको ६ हजार रुपैयाँसम्म रहेको छ,' उनले भने,' अधिकांश टिकट बिक्री भइसकेका छन्। केही टिकट कार्यक्रमस्थलमा पनि खरिद गर्न सक्ने छन्। 
उनका अनुसार नेपाली कलाकारको समेत प्रस्तुती हुनेछ। डोङ द ग्रेट, यबेश थापा र विवेक लामाको प्रस्तुति रहेको छ।श्रेष्ठले कार्यक्रममा पूर्ण रुपमा सुरक्षाको व्यवस्था गरिएको बताए। दर्शक तथा कलाकारको सुरक्षामा आयोजक गम्भीर रहेको उनले प्रस्ट पारे। 
सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन्। उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिने श्रेष्ठले जानकारी दिए। 

Metro Mart
worldlink

प्रकाशित: Apr 07, 2023| 18:44 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।