मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाईको आयोनिक ६ इभीले जित्यो वर्ल्ड कार अफ द इयर अवार्ड

हुन्डाईको आयोनिक ६ इभीले जित्यो वर्ल्ड कार अफ द इयर अवार्ड

 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- हुन्डाई मोटर्स ग्रुपले निर्माण गरेको फ्ल्यागसिप इलेक्ट्रिक कार आयोनिक ६ ले वर्ल्ड कार अफ द इयर २०२३ अवार्ड जितेको छ। यो कारलाई न्यूयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अफ द इयर घोषणा गरिएको हो।

यो अवार्ड हरेक वर्ष घोषणा गरिन्छ। गत वर्ष पनि हुन्डाईको आयोनिक ५ ले उक्त अवार्ड जितेको थियो। हुन्डाईको आयोनिक ६ इभीले २०२३ को विश्व इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड जित्दै ह्याट्रिक गरेको छ।

यस वर्षको सुरुमा हुण्डाई र जेनेसिस ग्लोबल डिजाइन सेन्टर हुण्डाई मोटर कम्पनी (एचएमसी) का कार्यकारी उपाध्यक्ष साङयुप ली पनि २०२३ को वर्ल्ड कार पर्सन अफ द इयर घोषित भएका थिए।

नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल हो। आयोनिक ६ इभी नेपाली बजारमा पनि छिटै ल्याइने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Apr 07, 2023| 16:24 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्