काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयार गर्न सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ।
शुक्रबार डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णय गराएर बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्।
समिति संयोजकमा बराललाई तोकिएको छ भने सदस्यमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन्। समितिले बजेटको मस्यौदा तयार गर्नेछ। १ चैतदेखि नै मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो।
आगामी १३ जेठमा आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम फाइनल गर्ने तयारीमा मन्त्रालय छ।
संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संघीय संसद् बैठकमा अर्थमन्त्री महतले प्रस्तुत गर्नेछन्।