सोमबार, वैशाख १५, २०८२

‘र्‍याम्प सो’मा उत्रिए क्यान्सर जितेकाहरु

‘र्‍याम्प सो’मा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० बढीको सहभागिता थियो।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– क्यान्सर जितेकाहरुले ‘तेस्रो क्यान्सर सर्भाइवर ‘र्‍याम्प सो’ गरेका छन्। शुक्रबार नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले ‘र्‍याम्प सो’ गरेका हुन्।

क्यान्सर उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिलेजस्तै हुन्छ भन्ने आत्मबल देखाउन ‘र्‍याम्प सो’ गरिएको आयोजकले जनाएको छ। ‘र्‍याम्प सो’मा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० बढीको सहभागिता थियो।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताए। उनले नेपालमा क्यान्सरको उपचार गर्न सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचारपछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राखे।

मिस नेपाल २०२२ प्रियंका रानी जोशीले क्यान्सर रोगीलाई सबैले माया गर्नुपर्ने भन्दै क्यान्सर लागे पनि उपचारपछि स्वस्थ भएर जिउन सकिने बताइन्।

उनले आत्मबल मानिसको सबैभन्दा ठूलो तागत भएकाले क्यान्सर जित्न सकिने धारणा उनको छ। पछिल्लो समय क्यान्सरको उपचारका नेपालमै उपलब्ध भएकाले उपचारका लागि अन्य देश जानुपर्ने बाध्यता हटेको उनले बताइन्।

Metro Mart
worldlink

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ‘र्‍याम्प सो’ गर्नुका साथै नृत्य गरी गीत पनि गाएका थिए।

प्रकाशित: Apr 07, 2023| 15:57 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्