बुधबार, वैशाख १७, २०८२

मरेका मान्छेको नाममा रकम असुल्ने गिरोह पक्राउ

वैदेशिक रोजगारमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्दै आएका रामबहादुर तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिगएको प्रहरीले विदेश रोजगारीमा रहँदा मरेका मान्छेको नाममा रकम असुलेर ठगीमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले शुक्रबार काठमाडौंको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई पक्राउ गरेको हो। ठगीमा संलग्नले वैदेशिक रोजगारमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्दै आएको प्रहरीले बताएको छ।

वैदेशिक रोजगारका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने बिमा रकम मृतकका आफन्तलाई दिलाइदिने प्रलोभन दिएर उक्त गिरोहले ठगी गर्दै आएको प्रारम्भिक छानबिनबाट देखिएको कार्यालय प्रमुख एसएसपी मनोज केसीले बताए।

पक्राउ परेकाको साथबाट विभिन्न मृतक व्यक्तिको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बिमा कम्पनीको लेटर प्याडलगायत महत्त्वपूर्ण कागजात बरामद भएको छ। उनीहरुमाथि ठगी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसएसपी केसीले जानकारी दिए।

वैदेशिक रोजगारमा रहँदा कार्यस्थलमा मृत्यु भएका परिवारले १४ लाख, नेपालमा छुट्टी आउँदा मरे १३ लाख बिमाबापतको क्षतिपूर्ति र वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख रुपैयाँ पाउने व्यवस्था रहेकाले ठगी धन्धामा संलग्न गिरोहले परिवारलाई प्रलोभन दिएर ठग्दै आएको देखिएको केसीको भनाइ छ।

Metro Mart
worldlink

ठगी धन्धामा संलग्न गिरोहले प्रतिमृतक ७ लाखसम्म असुल्दै आएको गुनासोसहितको उजुरी कार्यालयमा परेपछि विशेष अनुसन्धान टोलीले खोजीलाई तीव्रता दिएको थियो।

प्रकाशित: Apr 07, 2023| 14:54 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्