मंगलबार, वैशाख २३, २०८२

नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि चेतनासँगै लगानी बढाउन जोड

 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतनासँगै सरकारले लगानी बढाउनुपर्नेे विज्ञहरुले जोड दिएका छन्। बिहीबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल एनसिडी अलाइन्स संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एडभोकेसी कार्यक्रममा उनीहरुले सरकारले जनचेतनासहित लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढिरहेको बताए। उनले नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए। नसर्ने रोगकै कारण हुने मृत्युमा तिब्र रुपमा बढोत्तरी भएको, उपचारमा रहेका बिरामीहरुको आर्थिक भार बढ्दै गएको उनले जानकारी दिए। “नसर्ने रोगको रोकथामका लागि गर्नुपर्ने कामहरु धेरै छन्। यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ। मिडियाले जनचेतना र वकालत गर्न आवश्यक छ।”

उनका अनुसार नसर्ने रोगकै कारण बिरामीहरुले आर्थिक भार समेत खेप्नु परेको छ। त्यसैगरी एनसिडी अलाइन्सका उपाध्यक्ष प्रा.डा. अभिनभ वैद्यले नसर्ने रोगको भारको तुलनामा लगानी थोरै भएको बताए। उनका अनुसार सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थको सेवन, अस्वस्थकर जीवनशैली र मोेटोपना, वातावरणीय प्रदुषण लगायतका विविध कारण नसर्ने रोग बढ्दै गइरहेको तर त्यसका लागि राज्यले बढाउनु पर्ने लगानी निकै कम भएको छ। नेपालमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ऐन आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए। 

उनले भने, “नसर्ने रोगको रोकथामका लागि गर्नुपर्ने कामहरु धेरै छन्। यसमा मिडियाको भूमिका महत्वपूर्ण छ । मिडियाले जनचेतना र वकालत गर्न आवश्यक छ।” एनसी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले सञ्चारमाध्यमले नसर्ने रोगका स–साना मुद्दाहरुमा कलम चलाउन आग्रह गरे। स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगका विषयलाई प्राथमिकताका साथ कलम चलाउने गरेको बताए। 

उनले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि मञ्चले सरोकारवाला पक्षसँग मिलेर अभियान नै चलाउने बताए। उनले भने,“नसर्ने रोगका छुट–छुट्टै विषयमा पत्रकारहरुले लेखे त्यसको प्रभाव अझै देखिन्छ।” कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष एवं पत्रकार रामप्रसाद न्यौपानेले नसर्ने रोगको विषयमा सम्बोधन नगरी आर्थिक विकास र गरिबी उन्मूलन हुन मुश्किल पर्ने बताए। 

Metro Mart
worldlink

सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वास सम्वन्धी दीर्घ रोगहरुबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशतले र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ।


 

प्रकाशित: Apr 07, 2023| 13:04 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्