बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एआईजीमा बढुवा भएका नेपाल प्रहरीका चारै जनाको कार्यक्षेत्र तोकियो 

एआईजीमा बढुवा भएका नेपाल प्रहरीका चारै जनाको कार्यक्षेत्र तोकियो 

प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएका हुन्।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– सरकारले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो।

गत १३ चैतमा बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।मन्त्रिपरिषद् बैठकले मीरालाई कार्य विभाग, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, राईलाई अपराध अनुसन्धान विभाग र भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको हो।

प्रकाशित: Apr 07, 2023| 12:35 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्