बिहीबार, वैशाख १८, २०८२

बाघको आक्रमण बाट टिकापुरका एक युवा घाइते

मोहित श्रीपाइली, सत्ति र टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- मोहित श्रीपाइली, सत्ति र टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ। ८ नम्बर वडाका २७ वर्षका पवन आउजि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ।

घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ रहेको छ। घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको एक स्थानीयले जानकारी दिए।

बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ। नेपाल भारत सिमा नजिकैको १००र ९८ पिलर नजिक आक्रमण गरेको बताइएको छ।

बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ। साथै विओपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ।
 

प्रकाशित: Apr 07, 2023| 11:56 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्