बिहीबार, असार ५, २०८२

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै सुरु हुँदै 

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

दोधारा चाँदनी- स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा. खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो। टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदिश जोशी, डा. जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए। अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ।  

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए। अस्पतालले आजदेखि परीक्षणका रुपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ।  

यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन। “अनुमति पाउन मात्रै बाकीँ थियो”, उनले भने, “तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ।”

महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताए। संघीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उनको भनाइ छ। अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता  छ। 

“धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. अर्जुन भट्टले भने। हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन्। - रासस

प्रकाशित: Apr 07, 2023| 08:55 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्