धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कैलारी गाउपालिका-७ रामपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी मृत भेटिएको जानकारी दिए।
उनी आफ्नै घरमा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको चन्दले बताए। यस्तै आज बिहान गोदावरी नगरपालिका १ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत भेटिएका छन्। थारु मृत भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको छ।