मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैशाख ४ गतेदेखि मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने 

बैशाख ४ गतेदेखि मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने 

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशतले अर्थात १० करोड ८५ लाख १७ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८५ हजार १६७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँट गरिसकेको छ भने २२ हजार ४३९ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५६ हजार ९९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ बाँकी ९ लाख ३४ हजार ९१५ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन?

Metro Mart
worldlink

लगानीकर्ताले बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कहाँबाट दिने आवेदन?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

प्रकाशित: Apr 07, 2023| 08:35 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्