मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेटलाइफ फाउन्डेसनद्वारा स्वावलम्बन विकास केन्द्रसँग सहकार्य

मेटलाइफ फाउन्डेसनद्वारा स्वावलम्बन विकास केन्द्रसँग सहकार्य

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरूसँग आबद्घ महिला उद्यमीहरूको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरूलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सीएसडी) नेपालसँग सहकार्य गरेको छ। 

उक्त पहल बमोजिम, सीएसडीले विभिन्न लघुवित्तमा आबद्घ महिला उद्यमीहरूलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाहसुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरि उद्यमशीलताको दक्षता बढाउने कार्य गर्ने भएको छ।

यस सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीहरूका लागि समावेशी व्यवसायिक वातावरण श्रृजना गर्ने लक्ष्य राखेको छ। उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञान सम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरूमार्फत करिब ५,००० महिला उद्यमीहरूको उत्थानका लागि यस सहकार्य अन्तर्गत कुल ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ। यस परियोजनाका लागि एमएससी ग्लोबल कन्सल्टिङ नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरूमार्फत् समन्वय गर्न सीएसडी नेपालसँग सम्झौता गरेको छ।

मेटलाइफ फाउन्डेसनले महिला नेतृत्वमा रहेका व्यवसायहरूलाई लक्षित गरि सुरुआत गरिएको यस सहयोगको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागितालाई बढाउनु र बजारको संवेदनशीलताबाट सुरक्षा प्रदान गर्नु रहेको छ। साथै, यसले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचयमार्फत् महिला उद्यमीहरूको डर हटाउन र उनीहरूलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरू लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्नेछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रतामार्फत् समानतालाई अंगाल्ने वाचास्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको सुरुआत गरेको बताएको छ। 
 

Metro Mart
worldlink

प्रकाशित: Apr 06, 2023| 20:20 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्