बिहीबार, वैशाख १८, २०८२

मेलम्चीको पानी वितरण गर्न पाइप बिच्छ्याउन सुरु 

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन बाँकी स्थानमा पाइप बिच्छ्याउन सुरु गरिएको छ। केही वर्ष पहिले बिच्छ्याइएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो। 

यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिच्छ्याइएको थियो। त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप बिच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए। उनले भने, ‘पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ।’
चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिच्छ्याउने काम भइरहेको छ। उनले भने, ‘पाइप बिच्छ्याइसकेपछि परीक्षण गर्न एक वर्ष लाग्नसक्छ। परीक्षणपछि नियमित पानी वितरण गरिनेछ।’ 

पहिलो चरणमा एक हजार १० किमी पाइप बिच्छ्याइएको थियो। ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ। परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ। 

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एशियाली विकास बैंकले सहयोग गर्दै आएको छ। हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप बिच्छ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ।

प्रकाशित: Apr 06, 2023| 21:03 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्