बिहीबार, वैशाख १८, २०८२

मोफसल केन्द्रित हुँदै चलचित्र प्रचार 

नेपाली चलचित्रको प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो। 
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– नेपाली चलचित्रका गतिविधि प्रायः काठमाडौं उपत्यकामा केन्द्रित छन्। चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन्।

प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो। 

मोफसलका विभिन्न सहरमा व्यावसायिक रूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचार–प्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन्। चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक/निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा प्रिमियर हुने जानकारी दिए।

‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौं। उपत्यकाबाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानुपर्छ’, निर्माता पौडेलले भने। चलचित्र ‘बहाव’ को प्रिमियर काठमाडौंमा भने बुधबार सम्पन्न भइसकेको छ।

पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक कँडेलले बताए।

Metro Mart
worldlink

‘फरक रूपमा तयार गरेको प्रयासबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु। यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारले राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौं’, उनले भने। निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडि ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो। 

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौंँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै प्रिमियर गरिएको बताए।

‘हामीले मोफसलमा व्यापार भएन भन्छौं। अझै कोसी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन। त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौं’, निर्माता बानियाँले भने, ‘प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीय रूपमा प्रचार–प्रसार हुन्छ। मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ।’ 

आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौं मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचार–प्रसार गर्ने योजनामा उनी छन्।

प्रकाशित: Apr 06, 2023| 13:23 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।