शुक्रबार, वैशाख १९, २०८२

अबदेखि बच्चा जन्म दर्ता मावलीको थरबाटै 

गृह मन्त्रालयले एकल महिलाबाट जन्मिएका र पितृत्वको ठेगाना नभएका बच्चाको जन्म दर्ता मावलीको थरबाटै हुने व्यवस्था गरिएको बताएको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– गृह मन्त्रालयले एकल महिलाबाट जन्मिएका र पितृत्वको ठेगाना नभएका बच्चाको जन्म दर्ता मावलीको थरबाटै हुने व्यवस्था गरिएको बताएको छ।

बिहीबार मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गरी उक्त व्यवस्था गरिएको जानकारी दिएको हो। 

त्यस्ता बालबालिकाको जन्म दर्ताका विषयमा थप प्रस्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइआएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले बताए।

‘विवाहअघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गर्न सकिनेछ’, विभागले भनेको छ। 

विभागले विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न सकिने जनाएको छ।

Metro Mart
worldlink

माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले बताएको छ। 

माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित) २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ।
 

प्रकाशित: Apr 06, 2023| 12:37 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्