काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य बिहीबार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ।
बुधबार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १ हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।