शुक्रबार, वैशाख १९, २०८२

ललितपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

ललितपुरको धोबिघाट ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

Metro Mart
worldlink

काठमाडौं- ललितपुरको धोबिघाट ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति इलाम घर भएका २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिँदा घाइते भएका थिए। अन्दाजी ४५ वर्षीय पुरुषलाई उपचारको लागि प्रहरी प्रभाग सानेपाबाट खटिइएको प्रहरी टोलीले अल्का अस्पताल पुर्‍याएको थियो। घाइतेको उपचारको क्रममा मृत्यु भयो। तर अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

शवलाई पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ। साथै, ठक्कर दिने सवारी साधन र सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: Apr 06, 2023| 10:23 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्