जनकपुरधाम- धनुषामा ट्रकले मोटरसाइकलमा ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन्।
बुधबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले महतोले चलाइरहेको प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उक्त दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।