शुक्रबार, वैशाख १९, २०८२

आख्यानकार मनिषा गौचनको ‘प्रतिबहन’ सार्वजनिक

आख्यानकार मनिषा गौचनको नयाँ कथा संग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- आख्यानकार मनिषा गौचनको नयाँ कथा संग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ। गौचनको यो तेस्रो कृति हो।

साहित्यिक संसारमा कविताका माध्यमबाट पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्याबृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिबिहिनको प्रेम र जीवन झल्काउने उपन्यास ‘ह्वाईट केन’ प्रकाशित छन्। 

ह्वाइट केन प्रकाशित भएको आठ वर्षपछि प्रतिवहन कथा संङग्रह लिएर आएकी हुन्। पुस्तकमा रहेका २१ कथाले नौला, बोधगम्य, सम्प्रेषणीय अनि कुतूहलमय बनाउने छ। समाजको फरक पात्र र कथाहरूलाई आख्यानमा उतार्न सक्षम लेखक गौचन प्रतिबहनमार्फत समाजको घटना दृष्य र कथन समेटिन खोजेकी छन्। 

लेखक गौचनको विशेष अभिरुचि जीवनका संघर्ष, सम्बन्धका जटिलता युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरुको संवेदना र अनुभूतिलाई कथाशिल्प दिएकी छन्। गौचनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनी पनि सुनिएका हुन्छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।

प्रकाशित: Apr 06, 2023| 09:10 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्