शुक्रबार, वैशाख १९, २०८२

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु २७ रुपैया, सेतो आलु २० रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ७० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ।

Metro Mart
worldlink

यसैगरी, ताजा छडी माछा २३० रुपैयाँ र बचुवा माछा २५० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: Apr 06, 2023| 09:00 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्