बुधबार, असार ४, २०८२

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

धनगढी- कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार बिहान साढे नौ बजे धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ।

प्रकाशित: Apr 06, 2023| 08:50 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्