धनगढी- कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। मंगलबार राति साढे आठ बजे बर्दगोरीया गाउँपालिका-२ झगडपुर बस्ने २७ वर्षीय ज्ञानी बहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिगएको प्रहरी टोलीले उनलाई घर नजिकै पसलमा बसिरहेको अवस्थामा पक्राउ गरेर बुधबार कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ।