शुक्रबार, वैशाख १९, २०८२

सेती नदीमा एक पुरुषको शव फेला

सेती नदीमा एक पुरुषको शव फेला परेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

पोखरा- सेती नदीमा एक पुरुषको शव फेला परेको छ। कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ।

लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङले सेती नदीमा हामा फालेकोमा उनको खोजी गर्ने क्रममा विश्वबहादुरको शव फेला परेको हो।

अल्का मंगलबार पोखरा महानगरपालिका-१६ दीपस्थित केआइसिंह पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएकी थिइन्। अल्का गुरुङको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

विश्वबहादुरको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

प्रकाशित: Apr 06, 2023| 08:15 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्