सोमबार, जेठ १३, २०८२

काठमाडौंबाट लागूऔषधसहित तीन जना पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ३ सय १८ ग्राम लागूऔषधसहित प्रहरीले बुधबार बिहान तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन्। 

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र-१-०२-००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Apr 06, 2023| 07:52 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्