बुधबार, असार ४, २०८२

बझाङमा एक मजदुरको हत्या

बझाङको छबिसपाथिभेरा-४ ब्याँसीमा सडकको काम गर्दै आएका एक मजदुरको हत्या भएको छ। साथिबाटै ५२ वर्षीय गोपाल विकको हत्या भएको हो।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

धनगढी- बझाङको छबिसपाथिभेरा-४ ब्याँसीमा सडकको काम गर्दै आएका एक मजदुरको हत्या भएको छ। साथिबाटै ५२ वर्षीय गोपाल विकको हत्या भएको हो।

जाजरकोट, भेरी नगरपालिका-४ बाट बझाङ आएर मजदुरी गरिरहेका बिकको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेका हुन्। 

मंगलबार राति रोहनले मदिरा सेवन गरी गोपालको हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुबै जनाबिच केही दिन पहिले पनि सामान्य विवाद भएको थियो।

सोही घटनालाई लिएर रोहनले गोपालको टाउकोमा ढुङ्गाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

रोहनले हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर फरार भएका थिए। मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरूको खोजी सुरु गरेका थिए।

घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थियो। बुधबार बिहानैदेखि फरार सुनारलाई प्रहरीले खबर पाउनासाथ खोजी सुरु गरेको र बसमा भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताए। पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 06, 2023| 06:50 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्